हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलमा आगलागी

0
154

काठमाडौ – हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलमा आज बिहानै आगलागी भएको छ। हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार जिल्लास्थित नागरिक उडड्यन प्राधिकरणका प्रमुख विष्णु अधिकारीको निवास (क्वाटर) मा बिहान ५ बजे अचानक आगलगाी भएको हो।
‘बिहीबार बिहान ७ः१५ बजे आगलागी नियन्त्रणमा आएको छ,’ डीएसपी सुवेदीले टेलिफोनमा भने, ‘के कति क्षति भयो, विवरण संकलन हुँदै छ।’ साथै आगलागीको कारण पनि थाहा भइनसकेको उनले बताए। उनका अनुसार आगो नियन्त्रणमा नेपाली सेना, जनपथ तथा सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here