‘सुरक्षा खतरा’ रहेको भन्दै पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जान अस्वीकार गरे ओली

0
137

काठमाडौ – नेकपा अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा खतरा रहेको भन्दै पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जान अस्वीकार गरेका छन् । ओलीले पार्टी कार्यालय जान अस्वीकार गरेपछि आजको नेकपा सचिवालयको बैठक बालुवाटारमै सारिएको छ ।
गत शनिबार बालुवाटारमै बसेको बैठकले मंगलबार सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेकाे थियाे । तर अन्तिम समयमा आएर सुरक्षा थ्रेड देखाउँदै चिवालय बैठक बालुवाटारमै सारिएको बताइएको छ। बैठकको समय भने दिउँसो १ बजेकै लागि यथावत छ ।
सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालयमा सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाएको एक स्रोतले बताएको छ।
कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको जवाफ पेश गरेका थिए भने आज बस्ने सचिवालय बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here