तरकारी बोकेको पिकअप भ्यान दुर्घटना दुई जनाको मृत्यु दुई घाइते

0
118

इलाम- इलामको फाकफोकथुम गाउँपालिकाको लुम्देमा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
राँके बजारबाट तरकारी बोकेर झापाको दमकतर्फ जाँदै गरेको को२च १५ नम्बरको पिकअप दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउने माईनगरपालिका–९ का दिनेश लिम्बूको मात्रै सनाखत भएको छ। अर्का मृतकको सनाखत हुन बाँकी रहेको इलामका प्रहरी प्रमुख नवीनराज राईले जानकारी दिए। दुर्घटनामा सचिन राई र विकास तामाङ घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here