मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस मार्कुमा दुर्घटना एक जनाको मृत्यु ,१७ जना घाइते

0
48

अछाम – मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस सोमबार मार्कुमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छ्न् । जिल्ला प्रशासन कार्यालयका अनुसार ना४ख ९९७२ नम्बरको यात्रुवाहक बस सोमबार बिहान सडकबाट खसेको हो । मृत्यु हुनेमा साँफेबगर नगरपालिका-३ का १९ वर्षीय नीरज कुँवर रहेको स्थानीयले जनाएका छन् ।
चालकसहित १८ जना सवार रहेको उक्त बस सडकबाट खसेको प्रारम्भिक जानकारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिलेसम्म ७ जनालाई थप उपचारका लागि बयालपाटा अस्पतालमा ल्याइएको छ ।

स्रोत : इ कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here