छताछुल्ल भयो कम्पनि र गायकबिचको बिबाद,आखिर प्रणय कस्को ? के होला त यसको निर्क्योल ??

0
1977

काठमाडौं – नेपाली राजनितीक क्षेत्र अहिले विभिन्न बिबादले तरंगीत छ र यस्तै बिबादले गर्दा अछुतो हुन सकेको छैन मनोरन्जन क्षेत्र पनि त्यसमाथि सांगीतिक बजार। साना तिना बिबाद त आइनै रहन्थे तर यहाँ अहिले एकजना माथिल्लो स्तरको अझ भनौ नेपालको नम्बर वान म्युजिक कम्पनि र एकजना ख्यातिप्राप्त गायक बिचको बिबादले ठुलो रुप लिरहेको छ। कुरा छताछुल्ल छ , यो कुरा हो विन्ध्यवासिनी म्युजिक प्रालि र लोकप्रिय गायक प्रमोद खरेल बिचको बिबाद।
यहाँ कुरा केछ भने गायक खरेलले आफ्नो एकल एल्बम ”प्रणय” आजभन्दा ११ बर्ष अगाडी विन्ध्यवासिनी म्युजिक प्रालिबाट प्रकासन गरेका थिए। स्रोतका अनुसार खरेलले आफ्नो उक्त एल्बमको सम्झौता ५ बर्षको भएको र त्यो समय सकिएकोले उक्त एल्बम फिर्ता मागेका हुन् तर विन्ध्यवासिनी म्युजिकले भने उक्त एल्बममा आफ्नो लगानी रहेको दाबि गर्दै एल्बम फिर्ता दिन नसक्ने बताइरहेको छ।
उता गायक खरेलले आफ्नो एल्बमको ब्यापार प्रबर्धन गरेको पैसा आफुले नपाएको दाबि गर्दै गर्दा यता कम्पनीले भने खरेलले बिभिन्न कन्सर्ट हरुमा गीत गाएर सर्जक हरुलाई रोयल्टी नबुझाएको र कम्पनीको अनुमतिबिना कम्पनीकै लगानी र कप्म्पनिले प्रकाशन गरेका बिभिन्न सर्जकहरुको लगानीमा बनेका ट्रयाकहरु प्रयोग गरेर गीत गाएको भन्दै एक करोड क्षेतिपूर्ति दावी सहित मुद्धा हालेको छ।
यहीँ बिषयलाई खोतल्दै जाँदा झंकार न्युजले यी दुइबिचको बिबादको एउटा दरिलो प्रामाण पनि फेला पारेको छ २०७७ मङ्सिर ११ गते अर्थात् आजकै दिन पनि खरेल र कम्पनि बीच खटपट परेको छ। जहाँ खरेलले बिन्ध्यबासिनी म्यूज़िक लाई हिसाब फरच्योट को लागी पत्र पठाएका छन् मेल मार्फत र विन्ध्यवासिनी म्युजिक प्रालिले पनि गज्जवको रिप्लाई दिएको छ खरेललाई , आफ्नो दावी सहित , म बिना कसै कसैलाई मुस्किल छ पोखरामा लगायतका गीत समाबेस , खरेल र कम्पनीले आफ्नो आफ्नो दावी गरिरहेको एल्बम प्रणय कसको हो त्यो त मुद्धा छिनोफानो हुदै जादा समयले बताउला नै अब हेर्नुहोस खरेलले लेखेको पत्र र विन्ध्यवासिनी म्युजिक कम्पनीले दिएको सोहि पत्रको जबाफ , तल उल्लेख गरिएको छ।

गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिकलाइ लेखेको पत्र

विन्ध्यवासिनी म्युजिक प्रालिले गायक प्रमोद खरेललाई लेखेको जवाफी पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here