बीबीसीको १०० प्रभावशाली महिलामा, नेपाली चेली १८ वर्षीया सपना रोका

0
217

काठमाडौं – म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी उनलाई बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा राखेको हो।
बीबीसीले मंगलबार सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।
सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here