‘मेरो हजुर’भन्दै आए सर्वप्रिय गायक गायिका बिमल डाँगी र सरिता डाँगी,संगै देखिए दुर्गेश र नीता

0
311

काठमाडौँ – नेपाली सांगीतिक क्षेत्रका चर्चीत एबम सर्वप्रिय गायक बिमल डाँगीले आफ्नो नयाँ गीत ‘मेरो हजुर ‘ लिएर बजारमा आएका छन्। बिमल डाँगी र उनकै जीवन संगीनी एबम लोकप्रिय गायिका सरिता डाँगी को सुमधुर आवाजमा सजिएको उक्त गीतमा शब्द संगीत पनि बिमल डाँगीकै रहेको छ। जसमा संगीत संयोजन योगेश काजीले गरेका छन्।
गीतको भिडियोलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। दुर्गेश थापा र नीता ढुंगानाको अभिनय तथा नृत्य रहेको भिडियोलाई नवराज उप्रेती र सम्भु मोक्तानले खिचेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका हुन्।
बिगत लामो समयदेखि एकपछि अर्को सफल गीतहरु प्रकाशन गर्दै आएका धेरै जनमनका ढुकढुकी सफल गायक बिमल डाँगीले यो गीत आफ्नै अफिसियल युट्युव च्यानलबाट प्रकासन गरेका हुन्। उनको यो यो गीतलाई हाम्रो तर्फबाट पनि धेरै धेरै सफलताको शुभकामना।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here