पछिल्लो २४ घण्टामा संसारभर ४ लाखभन्दा धेरैले जिते कोरोना

0
24

काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वमा थप चार लाख पाँच हजार ८३५ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ९३ लाख ३५ हजार ६०२ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ६९।५७ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ६५ लाख ४४ हजार ३२७ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या एक करोड ५८ लाख ५४ हजार ८१९ रहेको छ।
नेपालमा बुधबार थप तीन हजार ५३८ सहित कूल एक लाख ८२ हजार ७८० जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल २८ हजार ८७८ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ८३ लाख ८१ हजार ७७० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि चार लाख ४४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ७१ लाख ६० हजार ६४४ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ४४ लाख ५२ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५३ लाख ८९ हजार ६८३ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या तीन लाख ९० हजार रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा १५ लाख एक हजार ८३, कोलम्बियामा ११ लाख २५ हजार १८४, पेरूमा आठ लाख ६७ हजार ३०६, अर्जेन्टिनामा ११ लाख ५६ हजार ४७४, दक्षिण अफ्रिकामा सात लाख एक हजार ५३३, मेक्सिकोमा सात लाख ५७ हजार ९५१, इरानमा पाँच लाख ७६ हजार ९८३, जर्मनीमा पाँच लाख ४६ हजार ५०० तथा इटलीमा चार लाख ८१ हजार ९६७ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here