कोरोनाले स्नायु प्रणालीमा असर, संक्रमणमुक्त भएका २० प्रतिशतलाई देखियो मानसिक समस्या

0
178

काठमाडौं – कोरोनाभाइरसको संक्रमणबाट निको भएका धेरै मानिसलाई मानसिक समस्या हुन सक्ने अध्ययनले देखाएको छ। भर्खरै गरिएको एक अध्ययनले कोरोना संक्रमणको ९० दिनभित्र २० प्रतिशत संक्रमितले विभिन्न खालका मानसिक रोगको उपचार गरेकाले अरूमा पनि यस्तो समस्या हुन सक्ने मनोविद्हरूले बताएका छन्।
चिट्चिटाहट, डिप्रेसन, अनिद्रा मानसिक समस्याका प्रमुख लक्षण हुन्। अध्ययनले मानिसहरूमा बिर्सने रोग हुने सम्भावना पनि अधिक रहेको देखाएको छ। ‘मानिसहरूले कोरोनाबाट निको भएकाहरूमा मानसिक समस्या हुन्छ भन्ने चिन्ता जनाइरहेका थिए, हाम्रो अध्ययनको निष्कर्षले पनि त्यस्तै देखाउँछ,’ बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा मनोचिकित्साका प्राध्यापक पउल ह्यारिसनले भने।
संसारभरका डाक्टर र वैज्ञानिकहरूले कोभिडपछि देखिने मानसिक समस्याको कारण र त्यसको उपचारमा तत्कालै अनुसन्धान थाल्नुपर्ने ह्यारिसको भनाइ छ। लान्सेट साइकियाट्री जर्नलमा सोमबार प्रकाशित भएको रिपोर्टमा ६ करोड ९० लाख मानिसको विद्युतीय स्वास्थ्य रेकर्डको अध्ययन गरिएको थियो। त्यसमध्ये ६२ हजार जना कोरोनाबाट निको भएकाहरू थिए।
कोरोना संक्रमण निको भएको तीन महिनाभित्र पाँच जनामध्ये १ जनाले पहिलो पटक एन्जाइटी, डिप्रेसन र अनिद्राको उपचार गरेको बताएका छन्। यसरी निको भएका कोरोना संक्रमितमा मानसिक समस्या देखिनुका पछाडि दुई कारण कारण हुन सक्ने बताइएको छ। ‘भाइरसले केही गरी सोझै दिमाग र प्रतिरक्षा प्रणालीमा असर पारेको हुनसक्छ, जुन पछि मानसिक समस्याका रूपमा विकास हुन्छ,’ ह्यारिसनले भने,‘ योभन्दा पनि महत्वपूर्ण कुरा कोरोना हुँदाको अनुभव हुन सक्छ।’
उक्त अध्ययनमा संलग्न नभएका मानसिक स्वास्थ्य विज्ञहरूले पनि यो अध्ययनले पत्ता लगाएका कुराले कोभिड मस्तिष्कमा असर पार्न सक्छ र मानसिक समस्या निम्त्याउन सक्छ भन्ने कुरामा प्रमाण थपेको भएका छन्। किंग्स कलेज लण्डनका मनोचिकित्सा प्राध्यापक सिमोन वेसेलीले यसअघि संक्रामक रोगको महामारी फैलँदा पनि अध्ययनहरूमा यस्तै देखिएको बताए।
‘कोभिडले केन्द्रीय स्नायु प्रणालीमा असर गर्ने भएकाले पछि पनि समस्या देखिने सम्भावना बढाउँछ, तर यो अध्ययनले पूरै कथा भन्दैन। सबैलाई मानसिक समस्या देखिन्छ भन्ने छैन तर पहिला नै समस्या भएकालाई जोखिम बढ्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here