पछिल्लो २४ घण्टामा थप २७३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ८ सय ५३ जना निको

0
20

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २७३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ५३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १४८ पुगेको छ। यस्तै हालसम्म एक हजार ५८ जना क्वारेन्टिनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here