थानकोटमा पैदलयात्रुलाई ठक्कर दिएर भागेको गाडी पेप्सिकोलामा भेटियो

0
25

काठमाडौं – मंगलबार बिहान एकजना पैदलयात्रुलाई चन्द्रागिरि नगरपालिका–७, थानकोटमा ठक्कर दिएर भागेको गाडी पेप्सिकोलामा भेटिएको छ । तरकारी बोकेर बाटो काट्दै गरेका महादेवस्थानका २५ वर्षीय नविन लोहारलाई ठक्कर दिएको बस पेप्सिकोलामा भेटिएको हो ।
महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार क्लोज सर्किट (सीसी) क्यामराका आधारमा गरिएको अनुसन्धानका क्रममा घटनामा संलग्न बस पेप्सिकोलामा भेटिएको हो ।
उनका अनुसार महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले बसलाई नियन्त्रणमा लिएको हो । घटनामा संलग्न चालक सर्लाही हरिऔन नगरपालिका–८ घर भएका ३४ वर्षीय सुनील श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here