मंगल बिक र जुनु रिजालको आवाजमा भिजायो पछ्यौरी सार्वजनिक (भिडियो सहित)

0
276

काठमाडौं- चर्चित संगीतकार मंगल बिकले आफ्नो नयाँ गीत ‘भिजायो पछ्यौरी’ लिएर सांगीतिक बजारमा आएका छन्। मंगल बि.क अहिले प्रबासमा रहेका छन् । प्रबासमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा ब्यवसाहिकता नभैरहँदा उनी जस्ता धेरै कलाकारहरुले त्याग गरिरहेका छन् । तसर्थ भर्खरै बजारमा आएको गीत “भिजायो पछ्यौरी” लाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले उच्च प्राथमिकतामा राख्नु पर्ने आवस्यकता रहेको छ । त्यसो त यो भन्दैमा नराम्रा गीतहरुलाई सुन्नु पर्छ र हेर्नु पर्छ भन्ने होइन । यस गीतलाई संचार कर्ममा समर्पित ब्यक्तिले पनि सुनेर हेरेर यो खबर लेखेको हुँदा, साथै गीतको संयोजन सबै उच्च रहेकोले आफ्नो मन मष्तिस्कमा राख्नको लागि सिफारिस गरेको हुन सक्छ ।
प्रस्तुत गीतलाई गीतकार महेन्द्र बिकले लेखेका हुन् , जसमा संगीत मंगल बिकको रहेको छ भने आवाज लोकप्रिय गायिका जुनु रिजाल र उनै संगीतकार एबम गायक मंगल बिकको रहेको छ । यस गीतको म्युजिक भिडियोमा रामजी खाँड र रिचा थापाको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मदन खड्काले गरेका हुन् भने छायांकन दिपक गिरी र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई रामजी खाँड नामक युट्युब च्यानल मार्फत डिजिटल बजारमा सार्बजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here