आज पनि बिना निष्कर्ष सकियो ओली प्रचण्ड छलफल

0
35

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । झण्डै तीन घण्टा भएको छलफल विनानिष्कर्ष सकिएको नेकपा स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको हो ।
सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूत नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको छ । बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भएपनि कुनै सहमति हुन नसकेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here