भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौं आइपुगे

0
122

काठमाडौं – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेका हुन् । भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन् ।
विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् । उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनि ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ ।
बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने स्रोतले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here