मन बहकाउने एक दर्दनाक कहानी ‘भोकले मर्छुकी रोगले मर्छु’ (भिडियो सहित)

0
338

काठमाडौं- लोकप्रिय गीतकार रमेश बिजी को शब्द रचना बरिष्ठ संगीतकार सुरेश अधिकारिको संगीत तथा लोकप्रिय गायक राज सिग्देलको आवाजमा ‘भोकले मर्छु कि’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा उषा रजक, दिबेन कार्की र यशोदा बोगटीको अभिनय रहेको छ । भिडियोको छायाँकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन पछिल्लो पुस्ताका चर्चित भिडियो सम्पादक विनोद बमको रहेको छ र निर्देशन रमेश बाबा नेपालको रहेको छ ।
भिडियोमा निर्देशक रमेश बाबा नेपालले कोरोना महामारीको बेला विदेशिएका नेपालीको दुर्दशा, कोरोनाले निम्त्याएको पीडा, देशप्रेम, जन्मभूमि र माटोको मायालाई झल्काउने प्रयास गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here