कोरोनाको अध्ययन गर्न वैज्ञानिकले आफैलाई संक्रमित गराए

0
346

एजेन्सी – कोरोना संक्रमणको गति तीब्र रुपमा बढिरहेकै बेला यस बारेको अध्ययन अनुशन्धान पनि जारी नै छ । तुलनात्मक रुपमा वैज्ञानिकहरुले सुरुवाती समयमा भन्दा अहिले धेरै जानकारीहरु प्राप्त गरेका छन । तर अहिलेसम्म पनि केही तथ्यहरु बारे पूर्ण जानकारी प्राप्त हुन बाँकी नै छ ।
जस्तो कि, शरीरमा एन्टिबडी कहिलेसम्म रहन्छ रु पुनः संक्रमणको सम्भावना कति छ रु हर्ड इम्युनिटीले काम गर्छ या गर्दैन रु यस्ता थुप्रै विषयमा जानकारी लिन एकजना रसियाली वैज्ञानिकले आफैलाई पुनः दोस्रो पटक संक्रमित गराएका छन । उनी हुन, ६९ बर्षीय प्रोफेसर अलेक्जेण्डर चेपुर्नोभ ।
कोरोना संक्रमण भएपछि इम्युनिटीले कस्तो काम गर्छ रु भन्ने विषयमा जानकारी प्राप्त गर्न आफुलाई दोस्रो पटक संक्रमित गराएको उनको भनाई छ । प्रोफेसर अलेक्जेण्डर फेब्रुअरी महिनामा फ्रान्स भ्रमणमा गएका थिए । त्यही बेला उनी कोरोना संक्रमित भए । त्यसबेला उनी अस्पताल नगैकन केही दिनपछि संक्रमणमुक्त भएका थिए ।
संक्रमणमुक्त भएलगत्तै प्रोफेसर अलेक्जेण्डरले रुसको साइबेरियास्थित ईन्स्टिच्युट अफ क्लिनिकल एण्ड एक्स्पेरिमेन्टल मेडिसिनको प्रयोगशालामा अध्ययन सुरु गरे । यस क्रममा उनले कोरोना संक्रमणपछि तेस्रो महिनाको अन्तसम्म एन्टिबडीको कुनै अत्तोपत्तो नलाग्ने तथ्य फेला पारे ।
यसपछि पुनः संक्रमणको सम्भावना बारे अध्ययन गर्न बिना मास्क संक्रमितहरुसंग बस्न थाले । यही क्रममा उनी दोस्रो पटक संक्रमित भए । प्रोफेसर अलेक्जेण्डरले बताए अनुसार दोस्रो पटक संक्रमित भएपछि पहिलो लक्षण स्वरुप घाँटीमा खसखस भएको थियो । उनको दोस्रो संक्रमण पहिलोको तुलनामा निकै गम्भीर थियो । तसर्थ उनलाई अस्पताल भर्ना गरियो ।
५ दिनसम्म उनको शरीरको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा माथी रह्यो । यसका साथै उनको सुँघ्ने शक्ति पनि हरायो र स्वादमा पनि बदलाव आयो । प्रोफेसर अलेक्जेण्डरले बताए अनुसार छैटौंं दिनमा उनको फोक्सोको सीटीस्क्यान गर्दा कुनै समस्या देखिएन । तर त्यसको ठिक ३ दिनपछि पुनः एक्सरे गर्दा निमोनिया भएको देखियो ।
यतिबेलासम्म प्रोफेसर अलेक्जेण्डर संक्रमित भएको दोस्रो सातामा प्रवेश गरिसकेका थिए । यसबाट कोरोना भाइरसलाई हर्ड इम्युनिटीले हराउन सक्ने तर्क असत्य सावित भएको प्रोफेसर अलेक्जेण्डरले निचोड निकाले ।
यो अध्ययन पश्चात भाइरस हाम्रो शरीरमा कयौं बर्षसम्म पनि रहन सक्ने उनले चेतावनी समेत दिएका छन । कोरोनाविरुद्धको खोपको सवालमा कोरोनालाई हराउन थुप्रै पटक खोप लिनुपर्ने प्रोफेसर अलेक्जेण्डरले बताएको छ ।
स्रोत :- डेलिमेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here