दसैँ बिदामा जाने सैनिकलाई आफ्नै हेलिकोप्टर तथा जहाजमा पुर्‍याउने र फर्काउने सेनाको तयारि

0
23

काठमाडौं – नेपाली सेनाले दसैँ बिदामा जाने सैनिकलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ। सार्वजनिक यातायातमा कोरोना संक्रमणको जोखिम हुने भएका कारण सेनाले आफ्नै सवारी साधनमा घर पुर्‍याउने व्यवस्था गरेको हो। सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले तयारी गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।
यसपालि विदामा बिदा नै निकै कमलाई दिने तथा उनीहरुलाई सार्बजनिक बस चढ्न नपर्ने गरी हेलिकोप्टर र जहाजमा ठाउँठाउँमा पु¥याउने उनले बताए । रुट मिल्नेलाई बसमा समेत छाडिने उनले बताए ।
नेपाली सेनासँग ३ वटा ठूला हेलिकोप्टर, ३ वटा साना हेलिकोप्टर र ३ वटा स्काइट्रक एउटा ४२ सिटे जहाज छ। घर बिदामा जाने टाढाका सैनिकलाई सेनाले जहाजमा विमानस्थलमा लैजाने छ। विमानस्थलदेखि सम्बन्धित स्थानका ब्यारेकले उनीहरुको घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।
यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकोप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ। नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यसरी सवारी साधनको व्यवस्था गर्दा रुट र बिदामा जाने सैनिकको संख्या अनुसार व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए।
बिदा सकेर फर्किंदा पनि यहि नियम लागु हुने छ। सेनाले आफ्नै सवारीमा ल्याउने छ। बिदा सकेर फर्किएका सैनिकलाई क्वारेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा खटाउने तयारी सेनाको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here