फेरी लकडाउनतिरै फर्किन थाले युरोपेली मुलुकहरु

0
105

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागु हुन थालेका छन्।चेक गणतन्त्रले संक्रमण बढ्न थालेपछि तीन हप्ताका लागि आंशिक लकडाउन सुरु गरेको छ । विद्यालय, बार तथा क्लबहरु बन्द गरेको छ ।युरोपका विभिन्न देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ। युरोपमा रहेक एक लाखमा सबैभन्दा धेरै संक्रमण दर भएको देश चेक गणतन्त्र हो । त्यहाँ रेस्टुरेन्टहरु बन्द गरिएका छन् भने सामूहिक रुपमा बसेर रक्सीसहितका पेय पदार्थ खान पाइने छैन ।
यस्तै नेदरल्याण्डसमा यसअघि नै आंशिक लकडाउन लागु भएको थियो र त्यहाँ सार्वजनिक तथा सार्वजनिक इनडोर स्पेसमा मास्क अनिवार्य गरिएको छ ।
युरोपका धेरै देशमा कोभिड–१९ का बिरामीहरु अस्पताल भर्ना हुने दर तीव्र गतिमा बढेको छ। फ्रान्समा संक्रमण बढ्दै जाँदा पेरिसका अस्पतालमा ९० प्रतिशत आइसियू बेडहरु भरिन थालेका छन् ।
जर्मनी तथा बेलायतमा पनि संक्रमण बढिरहेको छ । बेलायतमा तीन चरणका प्रतिबन्धात्मक उपाय लागु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here