​राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

0
25

काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।
नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।
एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here