धादिङमा गुडिरहेको बसमा आगलागी

0
108

काठमाडौं- हेटौंडाबाट सामान्य मर्मत गरेर थप मर्मतका लागि काठमाडौंतर्फ ल्याउँदै गर्दा धादिङको थाक्रेमा गुडिरहेकै एक बसमा आगो लागेको छ ।
सोमबार बिहान सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो । बसमा यात्रुहरु भने नभएको बताइएको छ। जिल्ला ट्राफिक कार्यालय धादिङका अनुसार बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आगोबाट बसको अगाडि र पछाडिको भाग जलेको छ । तार सट भएर आगो लागि भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here