लोकप्रिय गायक बिमल डाँगीको शब्द संगीत तथा रचना र प्रविनको स्वरमा ‘हाम्रो माया चर्किएको’ सार्वजनिक

0
202

काठमाडौं -हाम्रोमाया चर्किएको एैनासरी नफुटोस,पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस.. रचना रिमाल र प्रबिन बेडवालको स्वर रहेको यो गीत नेपाली सांगीतिक‘ बजारमा सार्वजनिक भएको छ। निकै मधुर शैलिमा गाइएको यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ।जादुमय स्वरकी धनी रचना ( जो नेपाल नेपाल आइडलकै प्रतियोगी हुन ) ले प्रबिन लाई साथ दिएकी छिन। रचना आहिलेकी चलेकी गायिका हुन् ।
लोकप्रिय गायक बिमल डाँगीको शब्द,सङ्गीत तथा बिबी अनुरागीको सङ्गीत संयोजन रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको छ। सोहि गीत यो भन्दा पहिलेनै चर्चित गायक गायिका कृष्णभक्त राई र गायिका सपना श्री को आवाजमा नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय बनिसकेको हो । जसलाई नसुन्ने मान्छे सायदै होलान। हाम्रो माया चर्किएको गीतलाई पछील्लो पुस्ताको आवाजमा पनि रेकर्ड गरिएको हो। उदिराम खड्काको निर्देशन तथा मिराज अर्यालको छायान्कन तथा सम्पादन रहेको गीतको भिडियोमा रचना र प्रबिन लाई देख्न सकिन्छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here