राजधानी विवाद : नेकपाकै सांसदले समिति संयोजकबाट राजीनामा दिए

0
32

बुटवल – प्रदेश ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेश सभा संचालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका छन्। दाङको देउखुरी क्षेत्रमा प्रदेश ५ को स्थायी राजधानी तोक्ने प्रदेश सरकारको निर्णयपछि उनले राजीनामा दिएका हुन्। उनी नेकपाको तर्फबाट रुपन्देहीबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्। हाल प्रदेशको अस्थायी राजधानी बुटवल छ।
नेकपा संसदीय दलमा राजधानी सार्ने विषयमा फरक मत राख्दै आएका श्रेष्ठले सोमबार मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। श्रेष्ठको राजीनामाले नेकपामा पनि विवाद सुरु भएको छ।
श्रेष्ठले संसदीय विधी र पद्धती विपरित जवरजस्ती प्रदेशको राजधानी सार्न खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here