भावुक हुँदै अस्पतालबाट ट्रम्पले भने : म जसरी पनि फर्कनैपर्छ

0
19

कोरोना भाइरसबाट संक्रमित भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबारदेखि अस्पतालमा छन्।वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचाररत ट्रम्पले आइतबार फेरि ट्विटरमा अर्को भिडियो सन्देश जारी गरेका छन्। उनले भनेका छन्‘ मेरो स्वास्थ्य अवस्था खासै राम्रो थिएन त्यसैले अस्पताल आएँ। अहिले म निकै राम्रो महसुस गरिरहेको छु। चिकित्सक हरूले मेरो स्वास्थ्य राम्रो बनाउन असाध्यै मिहिनेत गरिरहनुभएको छ, म जसरी पनि फर्कनैपर्छ, किनभने हामीले अमेरिकालाई पुनः महान् बनाउनैपर्छ,’ भिडियोमा उनले भनेका छन्,’ ‘मलाई लाग्छ, म चाँडै नै फर्कनेछु।’
आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन्। उनले भनेका छन्, ‘मलाई लाग्छ, नतिजा (परीक्षणको) राम्रो आउनेछ। अबको केही दिनभित्र यसबारे पक्कै थाहा होला। मप्रति माया प्रकट गर्ने सबैलाई धन्यवाद।’
ट्रम्पकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्ति जारी गर्दै ट्रम्पले अब केही दिन अस्पतालबाटै आफ्नो जिम्मेवारीका काम गर्ने जानकारी दिएकी छन्। अस्पतालमै उनले काम गर्ने राष्ट्रपति कार्यालयको डेस्क स्थापना गरिएको बताइएको छ।
अमेरिकाको नयाँ राष्ट्रपति चयनका लागि आउने नोभेम्बरमा हुने चुनावमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट डेमेक्रोटिक पार्टीका नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन्।
चुनावी प्रचारप्रसार गरिरहेकै बेला ट्रम्प कोरोना संक्रमण भएपछि बिरामी परेका हुन्। यसले नोभेम्बर ३ का लागि तय गरिएको राष्ट्रपतीय चुनावमा कस्तो प्रभावित हुने अनुमान विश्लेषकले गरेका छन्। एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here