५०० रुपैयाँले सुनको मूल्यमा वृद्धि ९४ हजार ७०० रुपैयाँमा कारोबार

0
12

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु ५०० बढेर ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै बुधबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ११७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर ११९० रुपैयाँमा कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here