डोटीको आदर्श गाउँपालिकामा भिरबाट लडेर एक युवकको मृत्यु

0
21

डोटी- डोटीको आदर्श गाउँपालिका दहकालिका स्थानमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ वर्षीय मोहन भट्ट रहेका छन्।
इलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका युवक आइतबार राति अबेरसम्म घर नआएपछि खोजी गर्दा परिवारले मृतावस्थामा भेटाएका हुन् । मृतकको टाउको र आँखामा गहिरो चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here