आमा बाँचे भने आउला भन्दै मिडियामा गायक कृष्ण रेउले (भिडियो सहित)

0
345

काठमाडौं- लोकप्रिय गायक कृष्ण रेउलेको आवाजमा रहेको दशैँ तिहार गीत ”बाँचे भने आउला” सार्वजनिक भएको छ।  गायक रेउलेकै शब्द संगीत रहेको उक्त गीतमा परदेशीको पीडालाई समेटिएको छ। 

मार्मिक र यथार्थपरक भोगाइहरुलाइ समेटेर बनाइएको उक्त गीतको भिडियोलाई भने पछिल्लो पुस्ताका चर्चित निर्देशक देबेन्द्र बब्लुले निर्देशन गरेका हुन्। भिडियोमा हिउँवाला गौतम , देबेन्द्र बब्लु र एलिना ठकुरीको जिबन्त अभिनय देख्न सकिन्छ।  अनिल कृष्ण मानन्धरको छायांकन रहेको यस गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन्। 

देश प्रतिको प्रेम अनि त्यहि देश र आफ्ना आफन्तहरुलाई चटक्कै छोडेर परदेश जानुपर्दाको बाध्यता अनि त्यसपछिको भोगाइलाई यस गीतमा समेटिएको छ। 

यस गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नै निर्माण तथा बजार ब्यबस्थापनमा विन्ध्यवासिनी म्युजिककै अफिसियल युट्युव च्यानल मार्फत प्रकाशनमा ल्याएको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here