(अपडेट) स्याङ्जामा पहिरोमा परि एकै घरका नौसहित १० जनाको मृत्यु, एकको जिवितै उद्धार

0
18

स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरका ९ जनाको मृत्यु भएको छ । घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । मनिषालाई थप उपचारका लागी गाण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको छ ।
पहिरोले पुरेको माया नेपालीको घरबाट सुरक्षाकर्मी र स्थानीयले ९ जनाको शव निकालेका छन् । पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली, १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ ।
बिहान साढे ५ बजे खसेको पहिरोले एकै घरका १० जनालाई पुरेको स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र प्रसाद अधिकारीले बताए । १० जनामध्ये उमाकला नेपाली पाहुना रहेको र अन्य ९ जना एकै परिवारको सदस्य रहेको स्थानीयले जानकारी दिएका छन् ।
यस्तै, कालिगण्डकी गाउँपालिका–४ गौतमडाँडामा गएको पहिरोमा परी मृत्यु भएका एक जनाको पनि सनाखत भएको छ। सो स्थानमा बाबुराम दमाई र जगत बहादुर दमाईको घर पुरिँदा बाबुरामका १६ वर्षीय छोरा विष्णु दमाईको ज्यान गएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here