अविरल बर्षा संगै ललितपुरमा पहिरो २ टिपर पुरिए, पाँचजना घाइते, हेलिकप्टरबाट उद्धारको तयारी

0
51

काठमाडौं – अविरल वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिकास्थित कान्ति लोकपथ खण्ड, भट्टेडाँडामा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पहिरोमा पुरिएका छन् । पहिरोमा पुरिदा पाँचजना घाइते भएका छन् । दुईजनाको अवस्था सिकिस्त छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार घाइतेको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भए पनि प्रतिकूल मौसमका कारण उडानमा कठिनाइ भइरहेको छ।
अहिले १५ जना प्रहरीको टोली घटनास्थलमा पुगेको र घाइतेलाई बोकेर ल्याउन सकिने अवस्था नरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here