स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु ८ जना बेपत्ता

0
25

स्याङ्जा – पहिरोमा पुरिएर स्याङ्जामा २ जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा पहिरोमा पुरिएर ८ जना बेपत्ता भएका छन् भने १ जनाको जिवितै उद्धार गरिएको छ।
माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । तर, घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here