बेलायतका लागि नेपाली राजदुत डा. दुबासु क्षेत्री द्वारा रचित गीति एल्बम दुबोसरी रहरहरु सार्वजनिक

0
507

काठमाडौं – राष्ट्रीय संबिधान दिवश २०७७ को अवसर पारेर लण्डन स्थित नेपाली राजदुताबासको आयोजनामा “ दुबोसरी रहरहरु” नामक गीति एल्बम सार्वजनिक गरिएको छ। उक्त एल्बमका सबै गीतहरु बेलायतका लागि नेपाली राजदुत डा. दुबासु क्षेत्रीले रचना गरेका हुन् भने संगीत चोक गुरूङले गरेका हुन। एल्बममा ७ ओटा गीतहरु समाबेस रहेका छन् जसमा लोकप्रिय गायक गायिका हरु राजेश पायल राइ , यम बराल , बीबी अनुरागी , मिलन अमात्य , कुबेर राइ , चोक गुरुङ र मेलिना राइको आवाज रहेको छ भने संगीत संयोजन लोकप्रिय संगीतकार एबम संगीत संयोजक बीबी अनुरागिको रहेको छ। उक्त एल्बमलाई लन्डन स्थित संगीत महोत्सव” कार्यक्रममा सार्वजनिक गरिएको हो। एल्बमको प्रकाशन तथा बजार ब्यबस्थापन विन्ध्यवासिनी म्युजिक प्रालिको रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here