काठमाडौँ – लोकप्रिय गायक टंक तिमल्सिनाको शब्द तथा संगीतमा रहेको ”सरि बेबी सरि” बोलको गीत विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। गीतलाई सुरज थापाले गाएका हुन् भने गीतको भिडियोलाई माधव श्रेष्ठले निर्देशन गरेका हुन्। राजु सिंह तामाङ्गको कोरियोग्राफी रहेको सोहि गीतमा ताबू तामांग (वाइबा) , राजु सिंह तामांग लगायतको नृत्य तथा राम केसीको छायांकन, जोहन राइको सम्पादन रहेको छ।