मार्मिक र यथार्थ कथा अनि भोगाइ चित्रण गरेको एक गीत उड्यो चरी आकाशमा भुरुरु सार्वजनिक (भिडियो)

0
489

काठमाडौं – दशैँ तिहार नजिकिदै गर्दा दशैँ तिहारसंग सम्बन्धित धेरै गीतहरु अहिले नेपाली सांगीतिक बजारमा प्रकाशित भैरहेका छन्। यहीं भिडमा विन्ध्यवासिनी म्युजिक प्रालिले पनि आफ्नै निर्माण तथा बजार ब्यबस्थापनमा एउटा मर्मस्पर्सी गीत सार्वजनिक गरेको छ। ”उड्यो चरी आकासमा भुरुरु” बोलको उक्त गीतलाई लोकप्रिय गीतकार तथा संगीतकार करण न्यौपानेले रचना तथा संगीत गरेका हुन्। गीतलाई लोकप्रिय गायिका माण्डवी त्रिपाठी , बालगायिका तेजस्वी पन्त र पछिल्लो पुस्तामाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक प्रकाश सपुतले गाएका हुन्।
गीतको भिडियोलाई भने देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् र अभिनय लोकप्रिय मोडल तथा निर्देशक शिवान पोख्रेल एव्लीना खड्का र रोशनी कार्कीको रहेको छ। भिडियोलाई अनिल कृष्ण मानन्धरले छायांकन गरेका हुन् भने सम्पादन प्रविण भट्टले गरेका हुन्। गीत र भिडियोमा गरिवी अनि परदेशी जीवनको बारेमा यथार्थ चित्रण गरेको देख्न सकिन्छ। गीत अरु गीत भन्दा अलिकति पृथक पनि रहेको छ किनकि धेरै गीतहरुमा पारिबारिक जिम्मेवारीका कारण पुरुष मात्रै परदेश गएको र उनीहरुले भोगेको भोगाइको कथालाई मात्रै उठान गरिएको पाइएकोमा यसमा महिलाहरुको कथा व्यथालाई पनि चित्रण गरिएको छ , जसमा प्रतिनिधि पात्रको रुपमा एकजना महिला आफ्नो काखको बच्चा छोडेर पारिबारिक जिम्मेबारी र बिवासताको कारणले पर्देशिएको र त्यसपछिको उनको भोगाइ र परिस्थितिलाई चित्रण गरिएको छ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here