एउटै गाउँका दुई कोरोना संक्रमितको रुपन्देहीका अस्पतालमा मृत्यु

0
16

बुटवल – एकै गाउँका दुई जना कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु भएको छ। कपिलवस्तु शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल मृत्यु भएको छ भने सोही ठाउँका ५८ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
उनीहरु एउटै वडाका भएपनि उनीहरुबीच नातासम्बन्ध भने नरहेको परिवारलाई उधृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
भीम अस्पतालमा उपचार गराइरहेका पुरुष २३ भदौमा अस्पताल भर्ना भएका थिए । कोरोना पुष्टि भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो । उनको आइतबार राति १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालले जनाएको छ ।
त्यस्तै, कपिलवस्तु शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको भने सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनी २१ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् । दुवै मिर्गौलामा खराबी देखिएपछि उनी उपचार गराउँदै आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here