नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले दियो अस्पताललाई स्वास्थ्य सामग्री

0
17

काठमाडौं – बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले पाटन र बीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
पाटन अस्पतालको हाडजोर्नी विभागमा गएर एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड र बीर अस्पतालको नाक, कान, घाटी विभागमा पनि एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड दिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिएका छन् । ‘अहिले कोभिड–१९ को जोखिम दिन प्रतिदिन बढिरहँदा पनि अग्रपंक्तिमा रहेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले काम गरिरहनु भएको छ । उहाँहरुको सुरक्षालाई मध्यनजर गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौं,’ तरुण दल अध्यक्ष बस्नेतले भने ।
ती स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर सहयोग गरेको भन्दै तरुण दलले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानप्रति धन्यवाद समेत ज्ञापन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here