नेपाली कांग्रेसले बाढी पहिरोपीडितको उद्धारमा पठायो ४५ लाख

0
151

काठमाडौं – सरकारले उद्धार र राहातमा प्रभाबकारी भूमिका नखेलेको आरोप लागिरहेको समयमा बाढी पहिरोमा परेका हरुको उद्धार तथा राहातको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ रकम पठाएको छ । यो रकमले बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पुर्‍याउने समेत कांग्रेसले बताएको छ ।
कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीलाई रकम पठाएको बताइएको छ। प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लाका कांग्रेस कार्यसमितिलाई रकम पठाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here