कोरोना संक्रमण भयावह अवस्था आएपछि काठमाडौंमा कडा खालको ‘लकडाउन’ लागू गर्ने अन्तिम तयारी

0
18

काठमाडौं- सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको र कोरोना संक्रमण भयावह अवस्था आएपछि काठमाडौं उपत्यकामा कडा खालको ‘लकडाउन’ लागू गर्ने अन्तिम तयारी भइरहेको स्रोतले जनाएको छ।
लामो समयको छलफल र विमर्शपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरी काठमाडौं उपत्यकामा पूर्ण र पहिले भन्दा कडा खालको लकडाउन गर्ने तयारी गरेको स्रोतले बताएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको र अब तत्काल बैठक बसेर निर्णय गर्ने तयारी गरेको समेत स्रोतले बताएको छ । पछिल्ला दिनमा उपत्यकामा कोरोना संक्रमणको अवस्था भयाबह बनेको विज्ञहरूले निष्कर्ष निकालेका छन् । कोरोना नियन्त्रणका लागि निषेध लागू नगरी नहुने देखिएको अवस्था भएको भन्दै यस्तो तयारी गरिएको समेत बताइएको छ ।
प्रमुख जिल्ला अधिकारीहरूको छलफलले पूर्ण लकडाउन गर्ने कि पूर्ण निषेध गर्ने भन्नेबारेमा तत्काल निर्णय लिनसक्ने समेत स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here