पछिल्लो २४ घण्टामा नेपालमा ५२५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि उपत्यकामा १२७

0
15

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा काठमाडौँ उपत्यकाका १२७ सहित कुल ५२५ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here