विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

0
17

काठमाडौँ – विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५ लाख १४ हजार ४ सय ४ पुेगेको छ । हालसम्म १ करोड ३४ लाख ३४ हजार ४ सय १६ जना निको भएका छन् । ६३ लाख ३४ हजार २ सय ९५ जनाको उपचार भइरहेकोमा ६४ हजार ६ सय ७ जनाको अवस्था गम्भिर रहेको छ ।
संसारकै सर्वाधिक संक्रमित अमेरिकामा छन् जहाँ संक्रमितको संख्या ५३ लाख ५ हजार ९ सय ५७ रहेको छ भने १ लाख ६७ हजार ७ सय ४९ बढीको मृत्यु भइसकेको छ ।
अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल छ । ब्राजिलमा हालसम्म कोरोनाका ३१ लाख १२ हजार ३ सय ९३ संक्रमित रहेका छन् भने १ लाख ३ हजार ९९ को मृत्यु भइसकेको छ ।
त्यस्तै भारतमा २३ लाख २८ हजार ४ सय ५ संक्रमित छन् । यहाँ ४६ हजार १ सय ८८ को मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here