कोटेश्वरको असर्फी टोलमा किराना पसलबाट फैलियो कोरोना १७ जनामा संक्रमणको पुष्टि

0
11

काठमाडौं – काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित असर्फी टोलमा १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित बढेसँगै टोल नै सिल गरिएको छ। १८ साउनमा चार जना किराना पसल सञ्चालकमा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो।
वडा कार्यालयले एक सय ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो । सबैको रिपोर्ट आइनसकेको बताइएको छ । कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन्। सुरूमा किराना पसल सञ्चालकमा कोरोना देखिएपछि उक्त पसलमा सामान किन्न आउनेहरूलाई परीक्षण गर्दा थप कोरोना संक्रमित भेटिएको काठमाडौं महानगरपालिका–३२ कि वडा सदस्य हिरादेवी पोखरेलले बताएकी छन्।
आइतबार पुष्टि भएका १३ मध्ये १० जनालाई कीर्तिपुर र टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ। तीन जनालाई भने उनीहरूकै घरमा राखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here