महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
173

काठमाडौं – महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप तीन जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। कार्यालयमा गरिएको परीक्षणमा आइतबार राति थप तीन जनामा संक्रमण देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए। संक्रमित प्रहरीहरू कन्ट्रोलमा कार्यरत थिए । रानीपोखरीको कन्ट्रोलमा एक सयभन्दा बढी प्रहरीहरू छन्।
अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेशनमा पठाइएको छ। यसअघि पनि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here