हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु

0
21

दमक – झापाको कमल गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट गए राति एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काका अनुसार मृत्युहुनेमा कमल गाउँपालिका-५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेका छन् ।
गए राति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो । छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले बताए । रेग्मीका श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here