एकै परिवारका १४ सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि रंगेली बजार क्षेत्र बन्द

0
17

विराटगर- मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए। एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि सिल गरेको छ।
१४ जना संक्रमित भेटिएको परिवारमा एकजना महिला १५ दिन अघि भारतको नयाँ दिल्लीबाट आएकी थिइन्। सुवेदीले उनको भने परीक्षण हुन बाँकी रहेको बताएका छन्। ‘उहाँ स्वाब संकलनमा छुट्नुभयो। आज परीक्षण गर्ने तयारी छ। तर परिवारका अन्य कुनै सदस्य बाहिर नगएकाले उहाँबाट सरेको हो कि भन्ने आशंका छ,’ उनले भने।
दिल्लीबाट आएकी उनले विराटनगर महानगरपालिकाबाट आफू होटल क्वारेन्टाइनमा बस्ने भनेर सिफारिस लिएर आएकी थिइन्। तर उनी होटल क्वारेन्टाइनमा बसेको एकिन भएको छैन। नगरपालिकाले यसबारे थप विवरण लिने काम गरिरहेको छ। भारतबाट आएपछि उनी विराटनगरस्थित एक अस्पतालमा उपचाररत आफ्ना बुवालाई पनि भेट्न पुगेकी थिइन्। उनका बाबुको अस्पतालमै मृत्यु भएको थियो।
यसबाहेक अन्य ८ जनालाई पनि संक्रमण देखिएको छ। तीमध्ये तीन जना रंगेली अस्पतालमा कार्यरत कर्मचारी हुन्। जसमा दुईजना प्राविधिक र एकजना भान्से छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here