कमेडी तीज गीत ”रमिते पराइ” सार्वजनिक

0
224

काठमाडौं – तीज नजिकिदो क्रम संगै तीजका गीतहरु पनि दिनहु नै सार्वजनिक भैरहेका छन्। यहि भिडमा गायिका गीता रेउलेले पनि आफ्नो तीज गीत सार्वजनिक गरेकी छिन। ”रमिते पराई” बोलको उक्त गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको बजार ब्यबस्थापन पनि विन्ध्यवासिनी म्युजिक प्रालिले नै गरेको छ। गीतमा गीता रेउले, गीता खड्का र कासिराम केसीको आवाज रहेको छ। कर्णप्रियले शब्द रचना गरेको गीतमा संगीत र संगीत संयोजन भने लोकप्रिय संगीतकार बिपिन आचार्यको रहेको छ र रेकर्डिङ्ग दंगाली रेकर्डिङ्ग स्टुडियोमा किरण लामिछानेले गरेका हुन् ।
गीतको भिडियोमा कर्णप्रियको निर्देशन सुरेश भट्टराइको छायांकन कमल गाउँले , कर्ण प्रिय, सीमा भट्टराई , एलिजा बुढाको अभिनय रहेको छ भने सम्पादन डिल्ली कुमालको रहेको छ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here