उपचारको क्रममा पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

0
118

काठमाडौँ – पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पताल स्रोतले बताए अनुसार ६५ बर्षिय महिलाको मृत्यु भएको हो। उच्च रक्तचापको समस्या भएकी ति महिला साउन ६ गते अस्पताल भर्ना भएको बताइएको छ । वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखाेकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएको एक स्रोतले बताएको छ । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको बताइएको छ ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here