सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला संसदमा निर्वाचित

0
17

काठमाडौँ –  समाजवादी पार्टीले प्रतिनिधिसभा सदस्यबाट सरिता गिरीलाई हटाएपछि उनको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो सोहि अनुरुप निर्वाचन आयोगले सिटौलालाई निर्वाचित गरिएको घोषणा गरेको छ । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले उनलाई सांसद नै नरहने गरी कारबाही गरेको थियो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिटौलालाई प्रतिनिधिसभाका सभामुखबाट छिट्टै सांसदको रुपमा सपथ ग्रहण गराउने समाजबादी पार्टीले जनाएको छ। समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here