कोरोना महामारी समुदायमा फैलिएको भन्दै पर्साका अस्पतालले गरे अकास्मिक बाहेकका सबै सेवा बन्द

0
23

पर्सा – कोरोना महामारी समुदायमा फैलिएको भन्दै पर्साका अस्पतालहरुले अकास्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले पर्सामा रहेका अस्पतालहरू अकास्मिक बाहेकका सेवा आज (शुक्रबार) विहानदेखि बन्द गर्ने निर्णय गरेकोे बताइएको छ ।
कोरोना रोग नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको गाइडलाइनलाई पूर्ण पालना गरेर मात्र अकस्मिक सेवाहरू प्रवाह गर्न नेपाल चिकित्सक संघले आह्वान गरेको छ ।
दिनप्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएको तर पिसिआर टेष्ट खुम्चदै गएकाले समुदायस्तरमा संक्रमण बढेको संघको विज्ञप्तिमा उल्लेख गरिएको छ । अविलम्ब मास टेस्टिङ्गका लागि माग गरिएको छ ।
पर्सामा बुधबार र बिहीबार दुई दिनमै ४९ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार दुई डाक्टरसहित १७ जनामा संक्रमण पुष्टि भएकोमा बिहीबार पाँच थुनुवासहित ३२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here