पत्नी हत्या अभियोगमा कारागारमा रहेका पूर्व डीआईजी कोइराला रिहा ‘रिसिभ’ गर्न पुगिन् प्रेमिका

0
18

काठमाडौँ – पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रन्जन कोइराला आज बिहान ११ : ५० बजे जेलमुक्त भएका छन् । जेलमुक्त भए लगतै उनि आफ्नो निजी कारमा बाहिरिएका हुन् ।
केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।
कोइराला पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।
सशस्त्र प्रहरीका पूर्वडीआईजीलाई प्रधानन्यायाधीश सम्मिलित सर्वोच्च अदालतको संयुक्त इजलासले भारी कैद छुट दिएको हाे। श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको हो । सर्वाेच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला आज कैदमुक्त्त भएका हुन् । कैदमुक्त्त भएका पूर्वडीआईजी कोइरालालाई ‘रिसिभ’ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी थिइन् । बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमी कोइरालालाई रिसिभ गर्न प्रेमिका रेग्मी डिल्लीबजार कारागार पुगेकी हुन् । यता रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर जेल परेका रञ्जन रिहा हुँदा उनका छोराहरु भने रिसिभ गर्न आएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here