जसले लगाए सुनको मास्क, मास्कको मूल्य तीन लाख

0
13

भारतको पुणेका एक व्यक्तिले सुनको मास्क बनाएर लगाउन थालेका छन् । विश्वमा कोरोनाका कारण सबैले कपडा वा सर्जिकल मास्क लगाइरहेका बेला उनले भने सुनको मास्क लगाएका छन् ।
पुणेमा बस्ने शंकर कुराडेले करिब ३ लाख रुपैयाँ खर्चेर सुनको मास्क बनाएका हुन् । यसअघि भारतकै महाराष्ट्रस्थित कोल्हापुरको एक व्यक्तिले चाँदीको मास्क बनाएर लगाएको समाचार बाहिर आएको थियो ।
शंकरले चाँदीको मास्क बनाएको समाचार सुनेपछि त्यसबाट प्रभावित भएर सुनको मास्क बनाउने सोच आएको बताएका छन् ।
उनले लगाएको सुनको मास्कको तस्बिर अहिले मिडियाहरुमा छाएको छ । यो मास्क कोरोनाबाट बच्नभन्दा पनि प्रदर्शनका लागि बनाइएको बताइएको छ ।

                          :- एजेन्सीको सहयोगमा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here