सरकार भन्छ तुइन बिस्थापित गर्यौं तर तुइनबाटै खसेर एक वृद्धको मृत्यु

0
110

काठमाडौं – प्रधानमन्त्रि केपी शर्मा ओलीले आफ्नो सरकारले देशैभरिबाट तुइन विस्थापित गर्न सफल भएको भन्ने कुरा बारम्बार गर्ने गरेका छन् तर मंगलबार हेटौंडामा तुइनबाटै खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् । रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए । तुइनबाट खसेर रापती खोलाले उनलाई बगाएको थियो । हेटौंडाबाट लालझाडी जान तुइन चढेका उनी खुट्टा चिप्लिएर खसेका बताइएको छ ।
खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको र थप उपचारका लागि चितवन रिफर गरिएको थियो । चितवन लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here