लमजुङमा पहिरो कम्तिमा १० घर पुरिए

0
15

लमजुङ – लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो गएको हो। प्रहरीका अनुसार पहिरो गएका घरका केही मानिस अघिल्लो दिनै सुरक्षित स्थानतर्फ गएका थिए र हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here